नेपालमा ६ जना नयाँ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३४५

पछिल्लो २४ घण्टामा नेपालमा ६ जना नयाँ संक्रमित थपिएका छन् । विगत २४ घण्टामा आरटी पिसिआर परिक्षण गर्दा २ एन्टिजेन परीक्षण गर्दा ४ गरी जम्मा ६ जना नयाँ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमति भन्दा निको हुने धेरै रहेका छन् । यस अवधिमा ३० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शून्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ ।  

पछिल्लो २४ घण्टामा ९९० जनाले कोरोना परीक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ५९ हजार ३३० रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३४५ छ । 
 





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार १६:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया