मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले मतान्तर बढाएका छन् ।
कोइरालाले २४ हजार १८९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेकपा (एमाले)का लालबाबु पण्डितले १६ हजार ८९४ मतका साथ कोइरालालाई पछ्याउँदै छन्।
पछिल्लो मतपरिणाम अनुसार कोइराला र पण्डितको मतान्तर ७ हजार २९५ रहेको छ।
तेस्रो स्थानमा रहेका राप्रपाका गोपाल क्षेत्रीले ७ हजार १०६ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान ६ हजार ६२५ मतसहित चौथो स्थानमा रहेका छन्।
जम्मा ८५ हजार ८३७ मत खसेकोमा हालसम्म यो क्षेत्रको प्रतिनिधि सभातर्फ ६१ हजार २ सय ५१ मत गणना भइसकेको छ।
गणना भएकोमध्ये ५७ हजार ६८७ मत सदर भएको छ। अब २४ हजार ५८६ मत गणना हुन बाँकी छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।