नवलपुर २ मा कांग्रेसका कार्की विजयी

नवलपरासी बर्दघाट सुस्ता पूर्व निर्वाचन क्षेत्र नम्वर २ नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तिलक महतलाई २ हजार २१ मतान्तरले हराए ।

कार्कीको पक्षमा ३६ हजार १०४ मत आउँदा नेकपा एमालेका तिलक महतले ३४ हजार ८३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले ६ हजार ४४३ मत प्राप्त गरे भने  राट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद शर्माले ३ हजार ३२४३ मत प्राप्त गरे । क्षेत्र नम्बर २ मा ८५ हजार ३९९ मत खसेको थियो ।

२०७४ सालको निर्वाचनमा कांग्रेसका विष्णुकुमार कार्की एमालेका तिलक महत संग १३ सय ३३ मत अन्तरले पराजित भएका थिए ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार २०:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया