कतारमा जारी फिफा विश्वकपमा उरूग्वे र दक्षिण काेरिया बराबरीमा राेकिएका छन् । उनीहरू आज सम्पन्न समूह`एच´ अन्तर्गतकाे खेलमा गाेलरहित बराबरीमा राेकिएका हुन् ।
एजुकेशन सिटी रंगशालामा दुवै टाेलीले पाएका केही अवसरलाई सदुपयाेग गर्न नसक्दा अंक बाँड्न बाध्य बने । ९० औं मिनेटमा फेडेरिकाे भाल्भर्डेकाे प्रहार पाेस्टमा लागेर फर्कँदा उरूग्वेले अग्रता लिन सकेन ।
३४ औं मिनेटमा ह्वाङ उइ-जोकाे प्रहार बारमा लागेर फर्किँदा दक्षिण काेरिया अग्रता लिनबाट चुक्याे । याे बराबरीसँगै दुवै टाेलीले १/१ अंक प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।