कास्की १ प्रदेशसभामा खगराज अधिकारीको जित, एमालेले सरकार बनाए मुख्यमन्त्री
फरकधार / ९ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

कास्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारी निर्वाचित भएका छन् ।



उनले गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका दीपक कोइराललाई २ हजारभन्दा धेरै मतले हराएका हुन् ।



कास्कीका तीन प्रतिनिधि सभाका ६ प्रदेश सभा क्षेत्रमा नेकपा एमालेले ४ सिटमा जित निकालेको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसभन्दा पछाडि नेकपा एमाले सिट जितको संख्यामा रहेको छ । नेकपा एमालेको समानुपातिक मत भने कांग्रेसको भन्दा बढी आएको छ ।



गण्डकी प्रदेशमा नेकपा एमालेको सरकार बनेको खण्डमा अधिकारी मुख्यमन्त्री बन्नेछन् ।







  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार ९:३९:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया