सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बन्यो कांग्रेस

प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको ३२ सिटमध्ये हालसम्म घोषित ३० सिटमा कांग्रेसले ११ सिट जितेर सबैभन्दा ठूलो दल बनेको छ । बाजुरामा गत ४ गतेको निर्वाचनमा एक मतदान केन्द्रको चुनाव स्थगित भएका कारण प्रदेशसभा सदस्यका दुवै क्षेत्रको मतगणना सुरु भएको छैन । स्थगित भएको केन्द्रमा भोलि निर्वाचन गर्ने तयारी रहेको छ ।

यस प्रदेशमा माओवादी केन्द्रले ८, नागरिक उन्मुक्ति पार्टीले ५, नेकपा एमालेले तीन र नेकपा एकीकृत समाजवादीले दुई सिट जितेको छ । एक सिट स्वतन्त्र उम्मेदवारले जितेको छ । कांग्रेसले कैलाली र कञ्चनपुरमा ३/३, अछाममा २, तथा बझाङ, दार्चुला र बैतडीमा एक/एक प्रदेश सभा सदस्य सिट जितेको छ । गठबन्धनको तर्फबाट कांग्रेसको भाग परेको क्षेत्र डोटी र डडेल्धुरामा प्रदेश सभा सदस्य पद जित्न सकेन ।

माओवादी केन्द्रले अछाममा दुई सिट तथा डडेल्धुरा, दार्चुला, कञ्चनपुर, कैलाली, डोटी र बझाङमा एक/एक सिट जितेको छ । नागरिक उन्मुक्ति पार्टीले कैलालीमा पाँच सिट जितेको छ । एमालेले बैतडी, कञ्चनपुर र डोटीमा एक/एक सिट जितेको छ । एकीकृत समाजवादीले कैलाली र कञ्चनपुरमा एक/एक सिट जितेको छ । डडेल्धुरा (ख) बाट स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी जितेका छन् । बाजुराका दुई वटा सिट को परिणाम मात्र आउन बाँकी रहेको छ । 





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १५:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया