महन्थ ठाकुर फेरि बने सांसद

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् । 

लोसपा अध्यक्ष ठाकुरले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार हरि नारायण यादवलाई २ हजार ५० मतको अन्तरले पराजित गरेका हुन् । 

अध्यक्ष ठाकुर १६ हजार ३७५ मत ल्याएर निर्वाचित हुँदा यादवले १४ हजार ३२५ मत पाएका छन् । 

त्यस्तै, स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७३३ मत ल्याउँदा नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार इलियास अन्सारीले ४ हजार ९४९ मत पाएका छन् ।





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १९:४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया