रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । उनी स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पराजित गर्दै विजयी भएका हुन् ।
पूर्वएमाले नेता भुसाल पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई सत्ता गठबन्धनले साथ दिएको थियो ।
एमालेका छविलालले २४ हजार ८७२ मत ल्याए भने भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर ३ हजार ५ सय ६४ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।