राप्रपा नेपालका अध्यक्ष कमल थापाले लामो अन्तरालपछि टेनिस कोर्टमा फर्कँदा आनन्द लागेको बताएका छन् । सामाजिक सञ्जालमा तस्बिरसहित उनले लेखेका छन्, ‘चुनावी अभियान सकियो। लामो अन्तरालपछि टेनिस कोर्टमा फर्कँदा आनन्द लागेको छ। सबैको जय होस् ।’
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट एमालेको सूर्य चिन्हबाट चुनावी मैदानमा उत्रिएका थापा पराजित हुँदै तेस्रो नम्बरमा पुगेका थिए ।
त्यहाँ राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई २ हजार ३९३ मतले हराउँदै सिंह विजयी भएका हुन् ।
सिंह २७ हजार ८१६ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी डीना २५ हजार ४२३ मत ल्याएर दोस्रो भएकी हुन् । थापाले भने जम्मा २५ हजार ४२० मत ल्याएर तेस्रो भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।