रुपन्देहीमा सत्ता गठबन्धन निल

रुपन्देहीको सबै क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सकिएको छ । परिणामअनुसार रुपन्देहीमा प्रतिनिधि सभामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कोही पनि निर्वाचित हुन सकेनन् । 

क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल, क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहरा, क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट एमालेकै वासुदेव घिमिरे निर्वाचित भएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाणसहित २२ जना उम्मेदवार रहेको रुपन्देही ३ मा ३६ हजार सात सय १७ मत ल्याई बोहरा विजयी भएका हुन् । खाणको हारसँगै रुपन्देहीमा सत्ता गठबन्धनको प्रतिनिधि सभामा निल भएको छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १७:५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया