सर्लाही–२ बाट नेपाल समाजवादी पार्टीका उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन्। उनी नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएर उठेका थिए ।
उनी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार यादव २२ हजार ६३१ मत प्राप्त गरेका छन्।
त्यस्तै, उनका प्रतिस्पर्धी लोसपाका उम्मेदवार महतोले २० हजार १६५ मत प्राप्त गरेका छन्। सर्लाही–२ मा ७२ हजार ३३ मत खसेको थियो भने तीन हजार ७९७ मत बदर भएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।