बाजुराको बुढिनन्दा–५ मा ५९७ मत खस्यो, मतगणना अनिश्चित

बाजुराको बुढिनन्दा–५ मा शनिबार भएको पुन मतदानमा ५ सय ९७ जनाले मतदान गरेका छन् । अर्थात् ५९ प्रतिशत खसेको हो । 

मंसिर ४ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपका कारण स्थगित भएको मतदान शनिबार शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए । २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेको उनले बताए ।

शनिबार सम्पन्न भएको मतदान सँगै बाजुरामा मतदान सम्पन्न भएको छ । मतदान भने अनिश्चित छ । केही मतदान केन्द्रमा फर्जी मत खसाएको आरोप लागेपछि मत गणना अनिश्चित रहेको आयोगले जनाएको छ । कांग्रेसले ८ वटा मतदान केन्द्र र एमालेले १५ वटा मतदान केन्द्रमा पुन मतदान हुनुपर्ने माग राखेका छन् । मतदान केन्द्र कब्जा भएर फर्र्जी भोट खसाएको एकअर्काले आरोप लगाएका छन् ।

केही मतदान केन्द्र कब्जा भएको जानकारीपछि निर्वाचन आयोगको टोली बाजुरामा अनुगमन गरिरहेको छ । आयोगका सहसचिव तुलसी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली बाजुरा पुगेर छानबिन गरिरहेको छ । टोलीले राजनीतिक दल, मतदान अधिकृत, सुरक्षा प्रमुखलाई भेटेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिइरहेको छ । 





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १८:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया