तनहुँमा समानुपातिकतर्फ कांग्रेस पहिलो पार्टी

तनहुँमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको हो ।

तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार तीन सय ५२ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा (एमाले) ले ३९ हजार ४ सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार ८ सय ६८, नेकपा (माओवादी) केन्द्रले १२ हजार ५ सय ५७ र नेकपा (एकीकृत समाजवादी) ले १ हजार ३ सय ९० मत प्राप्त गरेको छ ।

तनहुँ–१ तर्फ कांग्रेसले २० हजार ८९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

एमालेले १६ हजार ६ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार ७ सय ३९, माओवादी केन्द्रले ७ हजार ३ सय १०, राप्रपाले तीन हजार ५ सय ३९, एकीकृत समाजवादीले नौ सय ४६, मङ्गोल नेशनल अर्गनाइजेशनले ४ सय ५६, राष्ट्रिय जनमुक्ति पार्टीले तीन सय ६१, जनता समाजवादी पार्टी नेपालले तीन सय २२, हाम्रो नेपाली पार्टीले दुई सय २३, नेकपा (माले) ले २ सय १२, जनमत पार्टीले एक सय ६३, मौलिक जरोकिलो पार्टीले ६२ मत प्राप्त गरेको छ ।  





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार ८:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया