समानुपातिकमा पाँच दलले थ्रेसहाेल्ड कटाए, कुन दलले कति मत पाए ?
फरकधार / ११ मंसिर, २०७९

समानुपातिक निर्वाचन पद्धतितर्फ नेकपा एमाले २४ लाख २९ हजार ५५ मतका साथ पहिलाे, नेपाली कांग्रेस २३ लाख ९ हजार ६९२ मतका साथ दाेस्राे हुँदा माओवादी केन्द्र १० लाख ८ हजार ७२० मतका साथ तेस्रो स्थानमा छ । आइतबार अपराह्नसम्म ८८ लाख २८ हजार ४७३ मत गणना हुँदा दलहरूले साे संख्यामा मत पाएका हुन् । 



राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख ९० हजार ९९९ मतका साथ चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १६ हजार ८७४ मत पाएकाे छ । 

छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख २ हजार ३९६ मत पाएकाे छ भने नेकपा एकीकृत समाजवादी २ लाख ३७ हजार २९५ मतका साथ साताैँ स्थानमा छ । 



जनमत पार्टीले २ लाख ३७ हजार १०८, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार १३३, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २२ हजार ८६४ मत पाएका छन् ।



थ्रेसहाेल्ड कटाउनका लागि सवा तीन लाखहाराहारी मत चाहिने देखिन्छ । पाचाैँ स्थानमा रहेका दलहरूले थ्रेसहाेल्ड कट्ने निश्चितजस्तै छ । छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी र साताैँ स्थानमा रहेकाे एकीकृत समाजवादीले थ्रेसहाेल्ड कटाउने सम्भावना कम छ । 

  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १७:४६:५६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया