निर्वाचनमा प्राप्त मतले निराश बनाएको छैन, थप उत्साह प्रदान गरेको छ : पर्शुराम बस्नेत

नेकपा (एमाले)का युवा नेता पर्शुराम बस्नेत (कृष्ण)ले आफूलाई मत दिएर जनताले सधैँको ऋणी बनाएकाे बताएका छन्।

नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी मोरङ ६ ‘ख’ले आइतबार विराटनगरमा आयोजना गरेको धन्यवाद ज्ञापन तथा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले अब अबिराम हिसाबले जनताकै सेवामा खटिने प्रतिबद्धता जनाए । 

निर्वाचनको मैदानमा आफू उपविजेता भए पनि मतदाताले विश्वास गरेर मत दिनु चानचुने विषय नभएको उनले बताए। उनले भने, ‘निर्वाचनमा प्राप्त भएको मतले निराश बनाएको छैन। मलाई थप उत्साह प्रदान गरेको छ।’

बस्नेत मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’बाट प्रदेशसभा सदस्यका उम्मेदवार थिए। उनी सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केदार कार्कीसँग पराजित भएका हुन्। 

एमालेका बस्नेतले ९ हजार २७३ मत मात्रै ल्याए भने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका कार्कीले १० हजार ४५० मत ल्याएका थिए। 





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १८:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया