समानुपातिकमा माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लियो घण्टी

प्रतिनिधि सभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको छ । रास्वपा नेकपा माओवादी केन्द्रलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको हो ।

सोमबार बिहानसम्म ९२ लाख ३९ हजार मत गणना हुँदा स्वतन्त्र पार्टीले १० लाख ५९ हजार मत पाएको छ । त्यस्तै, माओवादीले १० लाख ५२ हजार मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फ एमालेको अग्रता निरन्तर छ । हालसम्म एमालेले २५ लाख १९ हजार, कांग्रेसले २३ लाख ८७ हजार, राप्रपाले ५ लाख ४४ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख १९ हजार, जनमत पार्टीले २ लाख ५६ हजार र नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत ल्याएका छन् । 





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार ७:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया