धनुषा–४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन् । आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार भने अग्रता लिएका हुन् ।
यादव अहिले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठभन्दा साढे ५ सय मतले अगाडि छन् । अहिलेसम्म यादवले २६ हजार ५१० र महासेठले २५ हजार ९६३ मत प्राप्त गरेका छन् । यी दुईबीचको मतान्तर ५४७ रहेको छ ।
धनुषा–४ मा अझै ७ वटा वडाको झन्डै १२ हजार मत गणना गर्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।