सुनसरी–१ (ख) मा एमालेका विजयकुमार राई निर्वाचित

सुनसरी क्षेत्र नं. १ प्रदेश सभा (ख) मा नेकपा एमालेका विजयकुमार राई निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपाका उम्मेदवार अनीश ढकाललाई राईले ४ हजार ९८२ मतान्तरले पराजित गरेका हुन् । 

राईले १२ हजार ४ सय ६४ मत प्राप्त गरे । राप्रपाका ढकालले ७ हजार ४८२ मत पाए । त्यस्तै, गठबन्धनबाट नेकपा एसका रेवतीरमण राईले ४ हजार ९८८ र स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले ६ हजार ८३८ मत ल्याएका छन् ।

३९ हजार १५३ मत खसेकोमा ३७ हजार २०० सदर भएको थियो । 





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार ८:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया