गत ४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी रहँदा मधेस प्रदेश सभामा एमाले पहिलो दल बन्न सफल भएको छ ।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रदेश सभाअन्तर्गतको प्रत्यक्षतर्फको मत परिणाम अनुसार १४ सिटससहित एमाले पहिलो दल हुन सफल भएको हो ।
विगतमा तराई मधेस केन्द्रित पार्टीहरूले विजय हासिल गर्दै आएको तर यसपटकको निर्वाचनमा एमाले १४ सिटसहित पहिलो राजनीतिक दल भएको हो ।
यसैगरी, कांग्रेस १३ सिटसहित दोस्रो स्थानमा छ भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले नाै सिटमा जित हासिल गरेर तेस्रो स्थानमा छ । यसअघि सो पार्टी पहिलो स्थानमा रहेर मधेस प्रदेश सरकारको नेतृत्व गरेको थियो ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सात स्थानसहित चौथौ नम्बरमा छ । यसअघि सो पार्टीले दोस्रो स्थानमा रहेको थियो । पहिलोपटक मधेस प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीले ६ वटा प्रदेशसभा सिटमा विजय हासिल गरेको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले ४/४ स्थानमा विजय हासिल गर्दा ६ जना स्वतन्त्रले मधेस प्रदेशसभाका लागि विजय हासिल गरेका छन
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।