बाजुरामा मारिएका युवकको ९ दिनपछि दाहसंस्कार

मंसिर ४ गते निर्वाचनको विषयलाई लिएर भएको झगडा हुँदा बाजुरामा मृत्यु भएका युवकको दाहासंस्कार गरेको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको मतदानका दिन नेपाली एमाले र कांग्रेसका कार्यकर्ताबीच कुटाकुट हुँदा ३२ वर्षीय युवा नेता चेतन एडीको मृत्यु भएको थियो ।
  
सोमबार बिहान श्रद्धाञ्जलीका लागि खुलामञ्चमा खुला मञ्च बाजुरा सदरमुकाम मार्तडीमा राखिएको थियो । श्रद्धाञ्जली सभापछि मार्तडीदेखि मौरेसम्म शव यात्रा गरिएको हो । मार्तडीदेखि करिब ३० किलोमिटर शव यात्रापछि पवित्र धाम मौरेमा दाहसंस्कार गरिएको जनाएको छ । 

एडीको मंसिर ४ गते साँझ कुटपिट गरी हत्या गरिएको आरोप लागेको थियो । उनलाई घरभित्रबाटै एडीलाई तानेर ल्याएर कांग्रेस कार्यकर्ताले निर्घात कुटपिट गरेकाे एमालेको आरोप छ । 

कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । बयलपाटा अस्पतालबाट ल्याएर पोष्टमार्टमका लागि चेतनको शव जिल्ला अस्पताल बाजुरामा राखिएको थियो । 

नेकपा एमाले बाजुराले चेतनका हत्यारा पक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै मंसिर ५ गतेदेखि बाजुरामा आन्दोलन गरिरहेको छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १६:१२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया