मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा : यस्तो छ चेम्बरको सातबुँदे धारणा

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाबारे नेपाल चेम्बर अफ कमर्सले आफ्नो सातबुँदे धारणा सार्वजनिक गरेको छ । कमर्सले मौद्रिक नीतिको त्रैमासिक समीक्षाले वित्तीय स्थायित्व कायम गर्न अझै कठिन देखिएको चेम्बर्सको ठम्याइ छ ।

साथै उसले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधार दरमा लिने प्रिमियमलाई अधिकतम २ प्रतिशत सम्म मात्र कायम गर्नुपर्ने सुझाब पनि दिएको छ । 

स्प्रेड दर शून्य दशमलव ४ प्रतिशत मात्र घटाइँदा यसले ब्यादजर वृद्धि रोक्न मात्रै मद्दत गर्ने, तर विद्यमान कायम रहेको उच्च ब्याजदरलाई घटाउने सम्भावना न्यून मात्र रहेको चेम्बरको धारणा छ ।

यस्तो छ सातबुँदे धारणा

१. मौद्रिक नीतिको त्रैमासिक समिक्षाले वित्तीय स्थायीत्व कायम गर्न अझै कठिन देखिएको छ ।

२. स्प्रेड दर शुन्य दशमलव ४ प्रतिशत घटाईएको छ । यसले ब्यादजर वृद्धि रोक्न मात्रै मद्धत गर्दछ तर विद्यमान कायम रहेको उच्च ब्याजदरलाई घटाउने सम्भावना न्यूनमात्र छ ।



३. बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधार दरमा लिने प्रिमियमलाई अधिकतम २ प्रतिशत सम्म मात्र कायम गरिनुपर्दछ ।

४. बैंकदरलाई ८.५ बाट ५ प्रतिशतमा कायम गरिनुपर्दछ ।



५.  सीडी रेसियो  ९० प्रतिशतको स्थानमा विगत बर्ष झै सीसीडी रेसियो ८५ प्रतिशत वा सीडी रेसियोलाई ९५ प्रतिशत गरिनुपर्दछ ।
 
६.  विदेशी विनिमय संचितिमा सुधार आएसंगै केही बस्तुहरुको आयातमा प्रतितपत्र एलसी खोल्दा लाग्दै आएको शतप्रतिशत मार्जिनको व्यवस्थालाई हटाई सहजिकरण गरिनुपर्दछ । 

७. चालु पुँजि कर्जा सम्वन्धी मार्ग निर्देशनको कार्यन्वयन हाललाई स्थगित गरि सरोकारवाला निकायहरुसंग पर्याप्त छलफल गरि पुर्नलेखन गरिनुपर्दछ । 

  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १८:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया