बागमती किनारको सुकुम्बासी बस्ती खाली गराउन पुगेका महानगर प्रहरी प्रमुखसहित १७ घाइते

काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहित १७ जना घाइते भएका छन् । सुकुम्बासी बस्तीका स्थानीयकाे प्रतिकारका क्रममा उनीहरू घाइते भएका हुन् ।

साेमबार सुकुम्बासी बस्ती खाली गराउन महानगरका नगर प्रहरी प्रमुख पाण्डेसहितको टोली थापाथली पुगेको थियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते भएका छन् ।

घाइतेहरुको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताए । 

घाइते हुनेमा अधिकांश नयाँ भर्ती भएका नगर प्रहरी छन् । घाइते नगर प्रहरीको अवस्था सामान्य रहेको छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १८:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया