गगनलाई पाँच वर्षपछि मात्रै प्रधानमन्त्रीको दाबी गर्न सुझाब दिँदै किशोर सिंह राठौरले भने– म पनि प्रधानमन्त्रीका लागि सक्षम छु
फरकधार / १२ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य चुनिएका किशोर सिंह राठौरले आफू पनि प्रधानमन्त्रीका लागि सक्षम र तयार रहेको बताएका छन् ।



नेपालगञ्जमा सोमबार पत्रकारसँग कुरा गर्दै राठौरले पार्टी कार्यकर्ताले महामन्त्री गगन थापालाई संगठन बनाउनका लागि मत दिएको बिर्सन नहुने बताउँदै प्रधानमन्त्रीको दाबी पाँच वर्षपछि गर्न सुझाब दिए ।



प्रतिनिधिसभा सदस्य चुनिएका राठौरले देशमा चलिरहेको सशस्त्र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति प्रक्रियासँगै सुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनका केही मुख्य राजनीतिक दलबीच सहकार्यको ऐतिहासिक महत्व स्मरण गर्नुपर्ने भन्दै ०४६ सालको जनआन्दोलनमा भएको सहकार्यलाई लोकतन्त्रको जगका रुपमा लिनुपर्ने समेत बताए ।









  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार २०:३३:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया