कुदुसको दोस्रो गोलसँगै पुनः घानालाई अग्रता

विश्वकप फुटबलमा​ घानाका लागि कुदुस मोहम्मदले दोस्रो गोल गरेसँगै दक्षिण कोरिया पुनः पछि परेको छ । खेलको ६८औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा घानाले ३–२ को अग्रता लिएको हो । 

त्यसअघि पहिलो हाफको ३४औं मिनेटमा उनले पहिलो र टोलीका लागि दोस्रो गोल गरेका थिए । घानाका लागि पहिलो गोल २४औं मिनेटमा मोहम्मद सलिसुले गरेका थिए । 

दोस्रो हाफमा ३ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा फर्किएको कोरिया पुनः पछि परेको छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार २०:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया