चिनियाँ राष्ट्रपति सी चिनफिङको राजीनामा माग गर्दै चीनका विभिन्न सहरमा प्रदर्शन सुरु भएको छ।
सीले तेस्रो कार्यकाल सुरु गरेको महिना दिनमा नै सर्वसाधारण राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएका हुन्।
पछिल्लो समय चीनमा कोरोना संक्रमण बढेपछि त्यहाँको राज्य संयन्त्रले शून्य कोभिड नीतिअन्तर्गतका मापदण्डलाई कडाइ गरेको छ।
त्यसकै विरोधमा चीनका प्रमुख सहरहरू बेइजिङ, संघाइ, सिनच्याङका जनता सडकमा उत्रिएका हुन्। चिनियाँ जनता आफ्नो असन्तुष्टि व्यक्त गर्न खाली कागजका ब्यानर बोकेर सडकमा आएका हुन्।
चीनमा कुनै व्यक्तिलाई कोरोना संक्रमण देखिए उक्त व्यक्तिका बसोबास गर्ने स्थानदेखि कन्ट्रयाक्ट ट्रेसिङमा रहेका ठाउँहरुमा पनि लकडाउन गर्नेदेखि क्वारेन्टाइन बस्नेसम्म मापदण्डहरू लागू गरिएका छन्।
कोरोनाविरुद्धको खोप लगाएर पनि सरकारले यस खालको नीति अवलम्बन गरेको भन्दै चिनियाँ जनता आक्रोशित भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।