स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल फिफा विश्वकपको नकआउट चरणमा

ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्विट्जरल्याण्डलाई १–० गोलले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो ।

स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिलको जितमा कासेमिरोले निर्णाय गोल गरे । उनले खेलको ८३ मिनेटमा गोल गरेका थिए । रोद्रिगोले उपलब्ध गराएको पासमा उनले उत्कृष्ट गोल गरे ।

६ अंक जोडेर शीर्ष स्थानमा रहेको ब्राजिलले पहिलो खेलमा सर्बियालाई हराएको २–० ले हराएको थियो । समूहमा तीन अंक जोडेको स्विट्जरल्याण्ड दोस्रो स्थानमा छ । एक/एक अंक जोडेका क्यामरुन र सर्बिया क्रमशः तेस्रो  र चौथो स्थानमा छन् । 

अन्तिम चरणमा ब्राजिल र क्यामरुन तथा स्विट्जरल्याण्ड र सर्बियाले प्रतिस्पर्धा गर्ने छन् ।  
 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार ६:६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया