गठबन्धनले नै मुलुकको राजनीतिक नेतृत्व गर्छ : कृष्णप्रसाद सिटौला

 नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक–वाम गठबन्धनले गर्ने बताएका छन् ।

झापाको बाह्रदशीमा साेमबार मतदातालाई धन्यवाद दिँदै उनले आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्ने र उक्त सरकारले मुलुकको राजनीतिलाई गति दिने बताए ।

निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रकै सेरोफेरोमा रहने देखिएको भन्दै सिटौलाले निर्वाचनको परिणामबाट मतदातालाई नआत्तिन अनुरोध गरे ।

‘नेपाल र नेपालीको भविष्य बहुलवादमा आधारित सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षतामा सुरक्षित रहेको नेता सिटौलाले उल्लेख गरे । बहुलवादसित गाँसिएर आएको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विपक्षमा जाने हो भने नेपाल र नेपालीको भविष्य निरङ्कुशतामा अल्झन्छ,’ उनले भने । 

हार जित स्वाभाविक भएकाले दुःख नमानी आगामी दिनका लागि सङ्गठन विस्तार गर्दै विकास–निर्माणको वातावरण बनाउन गठबन्धनका सहकर्मी सबैलाई नेता सिटौलाले आह्वान पनि गरे । 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार ६:५२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया