सुकुम्बासी बस्तीको समस्याको विषयमा प्रधानमन्त्री र बालेनबीच छलफल
फरकधार / १३ मंसिर, २०७९
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले बागमती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउने विषयको प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।



उनले सोमबार साँझ बाल्वाटारमै पुगेर प्रधानमन्त्री देउवासँग सुकुम्बासीको समस्या समाधानका विषयमा छलफल गरेका हुन् । 

मंगलबार थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो ।



महानगरको नगर प्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्बासीले घरेलु हतियारसहित  ढुङ्गामुढासमेत गरेका थिए । सुकुम्बासी बाग्मती बस्तीका बासिन्दा रातभर पनि जाग्राम बसेका छन् । 



यसअघि बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती सुकुम्बासी बस्ती हटाउन २४ कात्तिकमा सूचना निकालेको थियो ।

तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्बासी बस्तीमा पुगेको थियो ।    

  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार ८:५२:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया