धर्म र संस्कृतिको संरक्षणमा संसदमा खरो रुपमा उत्रिनेछु : शेखर कोइराला

नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए । 

कोइरालाले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक र राष्ट्रका धरोहर भएको बताए । ‘राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्बद्र्धन गर्नु राज्यको दायित्व हो,’ कोइरालाले भने, ‘धर्म र संस्कृतिको संरक्षणमा म संसदमा खरो रुपमा उत्रिनेछु ।’ उनले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने बताए । 

कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरु अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीलगायतको सहभागिता थियोे ।
 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १७:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया