मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ ४१ नयाँ अनुहार थपिए, २३ जना पुनः दोहोरिए

मधेस प्रदेशसभामा यसपटक प्रत्यक्षतर्फ ४१ नयाँ अनुहार थपिएका छन् । अघिल्लो निर्वाचनमा चुनिएका २३ जना सांसद यसपटक पुनःदोहोरिएका हुन् ।

मधेस प्रदेशको ६४ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा ४१ जना नयाँ अनुहारले प्रदेशसभामा प्रवेश पाउने देखिएका छन् ।
मधेस प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ र समानुपातिक ४३ जना गरी जम्मा १०७ सदस्यीय सांसद चुनिने व्यवस्था रहेको छ ।

यी हुन् मधेस प्रदेश सभामा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित सांसदहरु 
सप्तरी ४ (क) बाट निर्वाचित नेकपा एकीकृत समाजवादीका गोवीन्द बहादुर न्यौपाने
सिरहा ३ (ख) बाट निर्वाचित नेकपा एसका प्रमोद कुमार यादव
धनुषा १ (ख) बाट निर्वाचित नेकपा एमालेका रामचन्द्र मण्डल
धनुषा २ (ख) बाट निर्वाचित जसपाका रामअशिष यादव
धनुषा ३ (क) बाट निर्वाचित नेपाली कांग्रेसका रामसरोज यादव
महोत्तरी १ (क) बाट निर्वाचित नेकपा एमालेकी शारदा थापा
महोत्तरी १ (ख) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका भरत प्रसाद साह
महोत्तरी २ (क) बाट निर्वाचित लोसपाका जयनुल राइन
महोत्तरी २ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार सुरिता कुमारी साह
महोत्तरी ३ (क) बाट निर्वाचित लोसपाका अभिराम शर्मा
महोत्तरी ३ (ख) बाट निर्वाचित लोसपाकी रानी कुमारी तिवारी
महोत्तरी ४ (ख) बाट निर्वाचित जसपाका सरोज कुमार सिंह
सर्लाही १ (क) बाट निर्वाचित लोसपाका उपेन्द्र महतो
सर्लाही १ (ख) बाट निर्वाचित नेकपा एसकी बेची लुंगेली
सर्लाही ३ (ख) बाट निर्वाचित जसपाका संजय कुमार यादव
सर्लाही ४ (क) बाट निर्वाचित कांग्रेसका बीरेन्द्र कुमार सिंह
रौतहट ४ (ख) बाट निर्वाचित जसपाका शेख अबुकलाम अजाद
बारा १ (ख) बाट निर्वाचित जसपाका सरोज कुमार यादव
बारा २ (ख) बाट निर्वाचित जसपाका बच्चा राउत अहिर
बारा ४ (ख) बाट निर्वाचित लोसपाका जितेन्द्र सोनल
पर्सा १ (ख) बाट निर्वाचित जसपाका लालबाबु राउत
पर्सा २ (ख) बाट निर्वाचित लोसपाका रमेश प्रसाद कुर्मी
पर्सा ४ (ख) बाट निर्वाचित जसपाका सिंगासन सा कलवार

प्रदेशसभाका लागि यी हुन् नयाँ अनुहार 
सप्तरीबाट
सप्तरी १ (क) बाट निर्वाचित नेकपा एमालेका राजकुमार लेखी
सप्तरी १ (ख) बाट निर्वाचित जनमत पार्टीका सकिय मियाँ
सप्तरी २ (क) बाट निर्वाचित जनमतका सतिश कुमार सिंह
सप्तरी २ (ख) बाट निर्वाचित जनमतका महेश प्रसाद यादव
सप्तरी ३ (क) बाट निर्वाचित नेपाली कांग्रेसका मोहम्मद समीम
सप्तरी ३ (ख) बाट निर्वाचित जनमत पार्टीका शम्भु कुमार साह
सप्तरी ४ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार अनिरुद्ध कुमार सिंह

सिरहाबाट
सिरहा १ (क) बाट निर्वाचित नेकपा एमालेका राजेन्द्र प्रसाद चौधरी थारु
सिरहा १ (ख) बाट निर्वाचित जसपाका राजकुमार गुप्ता
सिरहा २ (क) बाट निर्वाचित जनमत पार्टीका सञ्जयकुमार यादव
सिरहा २ (ख) बाट निर्वाचित नेकपा एमालेका शत्रुधन प्रसाद सिंह
सिरहा ३ (क) बाट निर्वाचित एमालेका मनोज कुमार सिंह
सिरहा ४ (क) बाट निर्वाचित जनमत पार्टीका त्रिभुवन साह
सिरहा ४ (ख) बाट निर्वाचित लोसपाका रामबाबु यादव

धनुषाबाट
धनुषा १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका संजय कुमार महतो
धनुषा २ (क) बाट निर्वाचित नेकपा एमालेका लखन दास तत्मा
धनुषा ३ (ख) बाट निर्वाचित नेकपा एमालेका दिपेन्द्र कुमार ठाकुर
धनुषा ४ (क) बाट निर्वाचित नेपाली कांग्रेसका शेषनारायण यादव
धनुषा ४ (ख) बाट नेकपा एमालेका हरिनारायण महतो



महोत्तरीबाट
महोत्तरी ४ (क) बाट निर्वाचित नेकपा एमालेका सरोज कुमार यादव

सर्लाहीबाट
सर्लाही २ (क) बाट निर्वाचित नेपाली कांग्रेसका जंगीलाल राय
सर्लाही २ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका कौशल किशोर राय
सर्लाही ३ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार जवाहर लाल कुशवाहा
सर्लाही ४ (ख) बाट निर्वाचित माओवादी केन्द्रका फकिरा महतो



रौतहटबाट
रौतहट १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका नागेन्द्र साह
रौतहट १ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका कृष्ण कुमार यादव
रौतहट २ (क) बाट निर्वाचित नेकपा एमालेका मो. जैद आलम
रौतहट २ (ख) बाट निर्वाचित नेकपा एसका कनिश पटेल
रौतहट ३ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार केशव राय
रौतहट ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका सुनिल कुमार यादव
रौतहट ४ (क) बाट निर्वाचित माओवादी केन्द्रका युवराज भट्टराई

बाराबाट
बारा १ (क) बाट निर्वाचित नेकपा एमालेका त्रिलोकी प्रसाद
बारा २ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार शारदा शंकर प्रसाद कलवार
बारा ३ (क) बाट निर्वाचित नेकपा एमालेका रविन्द्र दास श्रेष्ठ
बारा ३ (ख) बाट निर्वाचित नेकपा एमालेका महम्मद समीर
बारा ४ (क) बाट निर्वाचित नेकपा एमालेका देवनारायण थारु

पर्साबाट
पर्सा १ (क) बाट निर्वाचित माओवादी केन्द्रका रहबर अंसारी
पर्सा २ (क) बाट निर्वाचित नेपाली कांग्रेसका श्याम प्रसाद पटेल
पर्सा ३ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार प्रमोद कुमार जयसवाल
पर्सा ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका जर्नादन सिंह क्षेत्री
पर्सा ४ (क) बाट निर्वाचित नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी
 

  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १८:२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया