चलचित्र विकास बोर्डले विदेशमा फिल्म महोत्सव गर्ने

चलचित्र विकास बोर्डले विदेशमा फिल्म महोत्सव गर्ने भएको छ । बोर्डले नेपालीको सघन बसोबास रहेकाे मुलुकमा फिल्म महोत्सव गर्न लागेकाे हाे ।  

बाेर्डले बेलायतको लण्डन वा अष्ट्रेलियाको कुनै सहरमा फेस्टिभल गर्ने तयारी गरेकाे हाे । यद्यपि, आयोजनास्थल भने तय भइसकेको छैन । 

नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले आगामी जनवरीमा फेस्टिभल गर्न लागिएको बोर्डले जनाएको छ । बोर्डको वार्षिक बजेटअन्तर्गत रहेर गर्न लागिएको फेस्टिभल आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य पनि गर्न सकिने जनाइएको छ ।

बोर्डका बक्स अफिस संयोजक राज कटुवालले भने, ‘नेपालीको धेरै बसोबास भएको ठाउँमा गर्न लागिएको फेस्टिभलले त्यहाँ बजार विस्तार गर्ने आशा राखेका छौं । त्यहाँस्थित सरकारी निकायसँग पनि सहकार्य गर्ने हाम्रो योजना छ ।’

पछिल्लो समय चलेकाे ‘कबड्डी ४’ले मात्र विदेशबाट १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो । अहिले अमेरिकामा महजोडीको ‘महापुरुष’ राम्रो चलिरहेको छ । ​अष्ट्रेलिया, अमेरिका, बेलायत र मध्यपूर्लगायतका मुलुक नेपाली फिल्मका ठूला बजार हुन् । 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १८:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया