महानगरको कदम अमानवीय, अलोकतान्त्रिक अन्यायी : बृहत् नागरिक आन्दोलन (विज्ञप्ति)

बृहत नागरिक आन्दोलनले भूमिहीनहरुको बस्तीभित्र डोजर लगेर जबरजस्ती उठाउन खोज्नु अमानवीय, अलोकतान्त्रिक अन्यायी कदम भएको जनाएको छ ।

आन्दोलनले मंगलबार विज्ञप्ति जारी गर्दै काठमाडौंको स्थित थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन खोज्ने महानगरको प्रयासको निन्दा गरेको हो ।

आन्दोलनले राज्य र बस्तीका बासिन्दाबीच मुठभेड हुनु चिन्ताजनक रहेको उल्लेख गर्दै महानगर, राष्ट्रिय भूमि आयोगबीच भएको लिखित सहमति कार्यान्वयन गर्न महानगरपालिकालाई अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सुकुम्वासी जस्तो संवेदनशील विषयमा हेर्ने राज्यको दृष्टिकोण अमानवीय र क्रुर देखिनु निन्दनीय छ । संवाद, र सहमतिबिना बसोबासको उचित र न्यायिक असम्भव छ भन्ने हाम्रो ठहर छ ।’





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार २०:४४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया