नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् । झापा–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शर्माले मंगलबार थापालाई उनकै घरमा गएर बधाई दिँदै यस्तो प्रतिबद्धता जनाएका हुन् ।
महामन्त्री थापा काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यमा चयन भएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सीधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरेका हुन् ।
उनले महामन्त्री थापा पटक–पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेकाले देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने गरी अगाडि बढ्न सक्षम रहेको बताए ।
आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको बरु प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको शर्माले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।