अमेरिका कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । गएराति इरानलाई १–० गोलले हराउँदै अमेरिका नकआउट चरणमा पुगेको हो ।
अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे ।
उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो ।
३ अंक जोडेको इरान तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।