समूह विजेता बन्दै नेदरल्याण्ड्स विश्वकप फुटबलको अन्तिम १६ मा

नेदरल्याण्ड्स कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । गएराति भएको खेलमा कतारलाई २–० ले हराउँदै नेदरल्याण्ड्स समूह विजेता बन्दै विश्वकप नकआउट चरणमा पुगेको हो । 

नेदरल्याण्ड्सलाई जित दिलाउन कोडी गाग्पो र फ्रेन्की डी योङले एक/एक गोल गरे । यो जितसँगै नेदरल्याण्ड्सले ३ खेलमा ७ अंक जोड्यो । पुछारमा रहँदै बाहिरिएको कतारले ३ खेलमा अंक जोड्न सकेन ।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार ६:३७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया