इंग्ल्याण्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । गएराति भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा पुगेको हो ।
इंग्ल्याण्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई र फिल फोडेनले एक गोल गरे । खेलको ५० औं मिनेटमा राषफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
५२ औं मिनेटमा फोडेनले गोल गर्दै इंग्ल्याण्ढलाई २–० को अग्रता दोब्बर पारे । ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई ३–० को शानदार जित दिलाए । जितसँगै इंग्ल्याण्ड समूह ‘बी’ को विजेता बनेको छ ।
उसले ३ खेलमा ७ अंक जोड्यो । वेल्स भने १ अंकका साथ पुछारमा रहँदै विश्वकपबाट बाहिरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।