विश्वकप फुटबलमा आज पनि चार खेल, जित्नैपर्ने दबाबमा अर्जेन्टिना

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार पनि खेल हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई खेल हुन लागेका हुन् । 

आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्स खेल्दै छन् । समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।  

यी दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछन् । यी खेलबाट समूह ‘डी’ बाट प्रि–क्वाटरफाइनलमा पुग्ने एक गोलीको टुंगो लाग्नेछ । फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । 

ऊ तालिकामा २ खेलबाट ६ अंक जोडेर अन्तिम १६ मा पुगेको हो । त्यस्तै, अष्ट्रेलियाको ३ अंक हुँदा डेनमार्क र ट्युनिसियाको समान एक/एक अंक छ ।

आज हुने दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड प्रतिस्पर्धा गर्नेछन् । आजको खेलमा अर्जेन्टिनालाई जित्नैपर्ने दबाबमा छ । पोल्याण्डसँग बराबरी खेले पनि अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने छ ।

यही समयमा हुने अर्को खेलमा साउदी अरब र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछन् । समूह ‘सी’ बाट आज अन्तिम १६ मा पुग्ने २ देशको टुंगो लाग्नेछ ।



समूह ‘सी’ मा पोल्याण्ड २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा छ । अर्जेन्टिना र साउदी अरेबिया ३/३ अंक जोडेर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा मेक्सिको तालिकाको पुछारमा छ । 



  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार ८:१२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया