समानुपातिकतर्फ १ करोड मत गणना, कसले कति पाए?

प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्म १ करोडभन्दा बढी मतगणना भएको छ । निर्वाचन आयोगका अनुसार बुधबार बिहानसम्म १ करोड ८ हजार मतगणना भएको हो । 

समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै छ । उसले २६ लाख ९६ हजार ५७५ मत प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५३ हजार ९४ मत ल्याएको छ ।  

माओवादी केन्द्रले ११ लाख ४३ हजार ८९४ मत पाएको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २७५ मत प्राप्त गरेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ६५४, जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८९ हजार १९७, जनमत पार्टीले ३ लाख ४९ हजार ३५२ र नेकपा (एकीकृत समाजवादी) ले २ लाख ८२ हजार २६२ मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार ९:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया