मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

मकवानपुरको बकैया–३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

 प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रीपुरका ३० वर्षीय श्याम लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नम्वरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा लामा घाइते भएका थिए । 





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १०:४४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया