शनिबारदेखि संसदीय दलको नेताको तयारीमा लाग्छु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिबारदेखि संसदीय दलको नेताको तयारीमा लाग्ने बताएका छन् । महिला सुरक्षा दबाब समूहले बुधबार आयोजना गरेको कार्यक्रममा बाेल्दै महामन्त्री थापाले शुक्रबारसम्म मतदातालाई धन्यवाद दिएर त्यसपछि संसदीय दलको चुनावको तयारीमा लाग्ने बताएका हुन् ।  

महामन्त्री थापाले मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला रहने कानून बनाउन जरुरी रहेको बताए । आगामी चुनावमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवारी दिने कानुन बनाउनका लागि अहिलेदेखि तयारी थाल्न अभियान्ताहरुलाई आग्रह गर्दै उनले आफूले संसद्बाट सहयोग गर्ने आश्वासन दिए । 

काठमाडौं ४ बाट प्रत्यक्ष निर्वाचित सांसद थापाले मतदातालाई धन्यवाद दिन घरदैलोमा हिँडिरहेका छन् । मंगलबार मात्रै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापालाई उनकै निवासमा भेटेर प्रधानन्त्रीमा प्रस्ताव गर्ने बताएका थिए । 





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १५:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया