बाजुरामा आज पनि हुनसकेन मतगणना

बाजुरामा आज बुधबार पनि मतगणना सुरु सकेको छैन । 

आज दिउँसो बसेको सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीबार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने विषयमा छलफल हुने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।

यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा भने आज राति ९ बजेदेखि मतगणना सुरु हुने छ । 

आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार २०:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया