स्याङ्जा २ मा राति ९ बजेदेखि मतगणना सुरु

स्याङ्जा जिल्लाको क्षेत्र नं २ मा सर्वदलीय बैठक सकिएको छ । बैठकले मतगणना सुचारु गर्ने सहमति गरेको छ । 

अहिले केहीबेर अघि सम्पन्न बैठकले बुधबार राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । 

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा धाँधली भएको भन्दै नेकपा (एमाले)ले पुनः मतदानको गर्न माग गरेको थियो । 

स्याङ्जा २ मा एमालेबाट पूर्वमन्त्री पद्मा अर्याल र कांग्रेसबाट उपसभापति धनराज गुरुङ उम्मेदवार छन् । 

निर्वाचन आयोगले पुनः मतदान नगरी मतगणना गर्न निर्देशन दिएपछि केहीबेरमा मतगणना सुरु हुन लागेको हो । 





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार २०:५३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया