नेपाल एयरलाइन्सले आगामी पुस ४ (डिसेम्बर १९)बाट कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्ने भएको छ।
निगमलेले एकै दिन दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएके छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार एयरलाइन्सले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवामा सीधा उडान गर्न लागेको हो ।
नेपाल एयरलाइन्सले गत साता उडान अनुमति मागेको थियो। प्राधिकरणले ‘विन्टर सेड्युल’ स्वीकृत गरेसँगै नेपाल एयरलाइन्सले सो विमानस्थलबाट अन्तराष्ट्रिय उडान भर्न पाउने भएको हो ।
जसअनुसार नेपाल एयरलाइन्सको एउटा जहाजले काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ। त्यस्तै अर्को जहाजले काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ।
दोहाबाट भैरहवामा आइतबार र मंगलबार गरी साताको दुइटा उडान हुनेछन् भने क्वालालम्पुरबाट भैरहवामा हरेक बुधबार सातामा एउटा उडान एउटा हुनेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।