सुनसरी–४ (ख) मा कांग्रेसका मन्सुरी निर्वाचित

सुनसरी क्षेत्र नं ४ (ख) मा लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी भएका छन् । बुधबार साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मन्सुरी २ हजार एक सय १५ मतान्तरले विजयी भएका हुन् ।

उनले नेकपा (एमाले) का हाजी अब्बास अन्सारीलाई पराजित गरेका मुख्य निर्वाचन अधिकृत तथा सुनसरी क्षेत्र नं ४ का निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

मन्सुरीले १४ हजार ३ सय मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अब्बास अन्सारीले १२ हजार १ सय ८५ प्राप्त ल्याएका छन् ।

विजयी भएका मन्सुरी मुस्लिम सङ्घ प्रदेश–१ का सभापति तथा कांग्रेस सुनसरी क्षेत्र नं ४ का सदस्य हुन् । प्रदेशसभामा ३९ हजार ७ सय २४ खसेको थियो । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार ६:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया