दोलखाका १० मतदान केन्द्रमा आज निर्वाचन हुँदै
फाइल तस्बिर

दोलखाका १० वटा केन्द्रमा आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

गत ४ मंसिरमा भएको मतदानका क्रममा विवाद उत्पन्न भएपछि रद्द गरी निर्वाचन आयोगले बिहीबार मतदान गराउन लागेको हो । आयोगका अनुसार चारवटा बुथमा करिब आठ हजार मतदाता रहेका छन् ।

यही ११ मंसिरमा बसेको आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

यस्तै, वैत्यश्वर–३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदान पनि रद्द गरी पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई आयोगले निर्देशन दिएको थियो । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार ७:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया