काठमाडौंमा आज यस वर्षकै बढी चिसो

उपत्यकामा आज वर्षकै सबैभन्दा चिसो महशुस गरिएको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस थि यो। जाडो बढ्ने क्रममै रहेकाले आउने दिनमा अझै चिसो बढ्ने मौसमविद् मानन्धरले जानकारी दिइन् । न्यूनतमसँगै अधिकतम तापक्रम पनि घट्न थालेको छ । काठमाडौंसहित देशभर नै चिसो बढेको छ । 

बुधबार सबैभन्दा कम जुम्लाको तापक्रम माइनस २.८ डिग्री सेल्सियस थियो । प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक बदली रहनेछ । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार ८:४६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया