सर्वदलीय बैठकमा एमाले अनुपस्थित हुँदा बाजुरामा सुरु भएन मतगणना
फाइल तस्बिर

निर्वाचन आयोगले बाजुरामा मतगणना सुरु गर्न निर्देशन दिए पनि सुरु हुन सकेको छैन । सर्वदलीय बैठकमा एमाले अनुपस्थित हुँदा मत गणना सुरु नभएको हो । 

झडपका कारण रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा एमालेबाहेक सबै दलका प्रतिनिधिहरू सहभागी छन् । तर, एमालेका प्रतिनिधि नआएकाले मतगणना सुरु गर्ने सम्बन्धमा तत्काल निर्णय हुन नसकेको जनाएको छ ।

बुधबार साँझ बसेको बैठक आज बिहान  ७ बजे पुनः बैठक राख्ने र एमालेलाई उपस्थितिका लागि फेरि आह्वान गरिएको थियो । 

एमालेले विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ गरिएकालाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने अडान राख्दै आएको छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १०:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया