रवि लामिछाने भन्छन् - हामी भुईँ मान्छेका मान्छेहरू हौँ, भुईँ छोड्ने कुरै आउँदैन

चितवन- २ बाट भारी मतान्तरले विजयी भएका रवि लामिछानेले आफू निर्वाचित भएको दिनदेखि नै काममा लागेको बताएका थिए । अहिले उनी आफ्नो निर्वाचन क्षेत्रमा रहेको खानेपानी समस्याको समाधानका लागि लागिरहेका छन् । 

खानेपानीको मुहानमा पुगेका रविले सामाजिक सञ्जालमा लेखेका छन् - ‘हो, विधायकको काम नीति निर्माण मा नै ध्यान दिने हो तर काम गर्न/गराउन फिल्डमा खट्नु पनि पर्छ।  हामी भुईँ मान्छेका मान्छेहरू हौ, भुईँ छोड्ने त कुरै आउँदैन नि। हामी आगो नलागोस् भन्ने कामना मात्र गर्दैनौँ आगो लागिहाले निभाउन पनि पुग्छौँ। नीतिहरू कागजमा मृत भएर बस्नु हुन्न, नागरिकले महसुस गर्ने गरी लागू पनि हुनु पर्छ। त्यसैले हामी संसद र सडक दुवै तिर हुन्छौँ। हामी यस्तै छौँ ।’

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने चितवन- २ मा  ४९ हजार २६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत ल्याएका थिए ।  





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार ११:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया