सुनसरीको निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।
उनी ३० हजार ४ सय ८३ मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
कार्कीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरे ।
उनीहरूबीचको मतान्तर १ सय १२ मत रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।