धनगढीमा ग्रेडरको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

कैलालीको धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिदा भएको दुर्घटनामा बालिकाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–५ हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार बालिका साइकलमा स्कुल जादै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिइको थियो ।

ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १२:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया